२०८३ भाद्र २, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा उद्योग,व्यवसाय थपिने क्रम ह्वात्तै बढ्यो

२०७८ जेष्ठ ११, मंगलबार प्रकाशित ( साल अघि) ३१६५ पाठक संख्या

कावासोती । नेपालको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अगाडि बढाएसँगै नवलपुर जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो ।

नवलपुरमा चालु आर्थिक वर्षको वैशाख मसान्त सम्मको अवधिमा १ हजार ३ सय ५४ उद्योग र १ हजार ३ सय ३७ वाणिज्य गरि कुल २ हजार ६ सय ९१ वटा नयाँ दर्ताका लागि आवेदन परेको घरेलु तथा साना उद्योग नवलपुरका प्रमुख विक्रम सुवेदीले जानकारी दिनुभयो।

पछिल्लो समयमा युवाहरु उद्योगी बन्ने क्रममा कृषि, पशुपालन, पर्यटन सम्बन्धी उद्योग धेरै दर्ता भएको सुेबदीले बताउनुभयो।

कोरोनाको असरले अन्य रोजगारका गुमाएकाहरुले विकल्पका रुपमा आफैले कृषि र पशुपालन गर्न थालेका कारण कृषि र पर्यटन दर्ता गर्नेको संख्या अधिक रहेको उहाँले बताउनुभयो ।

स्थायी सरकार आएसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको उहाँको भनाई छ । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता गर्ने क्रम बढेको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो।

चालु आर्थिक वर्षको १० महिनामा ५ सय १६ उद्योग नविकरण भएका छन्। यसै अवधिमा ६ सय ९२ व्यवसाय नविकरण भएको छ।

घरेलु तथा साना उद्योग कार्यालयले उद्योग र वाणिज्य दर्ता, नविकरण ,ठाउँसारी, पुँजी वृद्धि, उद्येश्य थप मार्फत दश महिनामा कुल रु. १ करोड १९ लाख ५२ हजार २७० राजश्व संकलन गरेको छ।

उद्योग तर्फबाट रु. ६६ लाख ३५ हजार ९७५ र वाणिज्य तर्फ रु. ५३ लाख १६ हजार २९५ राजश्व संकलन भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस