२०८३ बैशाख २०, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यबिन्दुबाट हराएका पुरुषको शव भेटियो

२०७८ जेष्ठ १०, सोमबार प्रकाशित ( साल अघि) १२१३० पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दुमा एक पुरुषको शव भेटिएको छ।

मध्यबिन्दु वार्ड नम्बर ३ चौराहाका ५१ बर्षिय मनिराम पन्थीको मध्यबिन्दु –३ रतनपुर स्थित नारायणी नदी किनारमा सोमबार साँझ ६ः ३० बजे फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

उनी सनिवार राति करिब ९ बजेदेखि हराइरहेका थिए। पन्थीको हत्या वा आत्महत्या भन्ने बिषयमा पोष्टमार्टम पछि मात्र थाहा हुने प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार भने शवमा कुनै पनि ठुलो चोटपटक देखिएको छैन । पन्थी राति अबेरसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो ।

नारायणी नदीमा माछा मार्ने क्रममा स्थानियले मृतक पन्थीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१९%४%११%४%६४%१३%

प्रतिक्रिया दिनुहोस