२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

डीएसपी खरेलको कोभिड संक्रमणका कारण मृत्यु

२०७८ जेष्ठ १०, सोमबार प्रकाशित ( साल अघि) १६५४ पाठक संख्या

जेठ १० सोमबार । नेपाल प्रहरीको नीति निर्माणदेखि तालिमको शैक्षिक गुणस्तर उकास्न उल्लेख्य सहयोग गरेका डीएसपी समिरचन्द्र खरेलको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ।

प्रहरीभित्र ‘एकेडेमिक किरो’ उपमा पाएका खरेल प्राय प्रहरीभित्र हुने लेखापढी, नीति निर्माण र तालिम शैक्षिक बिषयका कामममा पोख्त अधिकारीका रुपमा परिचित थिए । झापामा इलाका प्रहरी कार्यालय प्रमुख रहँदा बहालवाला मेजरको लागूऔषध कारोबार भण्डाफोर गरेका खरेल केही समयअघि मात्र एफपीयू मिशन डार्फरबाट फर्किएका थिए ।

प्रहरी अस्पताल महाराजगञ्जमा दुई साताभन्दा बढि समयदेखी उपचार गराइरहेका खरेलको सोमबार अपरान्ह मृत्यु भएको हो ।

काभ्रेपलाञ्चोकको खरेल थोक स्थायी ठेगाना भएका खरेलका श्रीमती, एकछोरी र एक छोरा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%

प्रतिक्रिया दिनुहोस