२०८२ माघ ४, आईतबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा १० लाख ७२ हजार मुल्य बराबरका अवैध मालसामान बरामद

२०७८ जेष्ठ १०, सोमबार प्रकाशित ( साल अघि) २७७३ पाठक संख्या

परासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले १ मिनी ट्रक सहित १० लाख ७२ हजार मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले दिएको जानकारी अनुसार टाटा कम्पनीको वनटेष्ट मिनी ट्रकमा केहि हुनसक्ने शंका लागेर रोकी चेकजाँच गर्ने क्रममा २४ बोरा अर्थात १२ क्विन्टल चिनी भन्सार छली अवैध रुपमा ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको हो।

परासीको बुद्धचोकमा गरीएको चेकचाँचमा बरामद गरेको उक्त १ मिनी ट्रक सहित १० लाख ७२ हजार मुल्य बराबरका अवैध मालसामान प्रहरीले तत्काल नियन्त्रणमा लिएर कानुनि कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिनुभयो।

उहाँका अनुसार बरामद गरेको चिनीको अन्दाजी मुल्य ७२ हजार बराबर र गाडीको अन्दाजी मुल्य १० लाख बराबर रहेको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार परासीबाट सुनवल तर्फ जादै गरेको अवस्थामा उक्त मिनी ट्रक र अवैध मालसामान बरामद गर्न सफल भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस