२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएन्, ८९ जना डिस्चार्ज

२०७८ जेष्ठ ९, आईतबार प्रकाशित ( साल अघि) ३२३१ पाठक संख्या

कावासोती । दोस्रो लहरमा नवलपुरमा आईतबार बेलुका सम्म १ हजार ४५ जना सक्रिय संक्रमित रहेका छन् ।

आज ८९ जना निको भएपछि निको हुनेको संख्या १हजार १ सय ९५ जना पुगेका छन् भने थप ७४ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

त्यस्तै आज देवचुली नगरपालिकामा १ जना , कावासोती नगरपालिकामा १ , गैंडाकोट नगरपालिका ५७ , मध्यविन्दुमा १ , विनयी त्रिवेणीमा १५ गरि ७४ सक्रमित थपिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुखका अनुसार यो समाचार तयार पार्दा सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ४५ पुगेको छ।

नवलपुरमा कोरोनाको दोस्रो लहरमा ३३ जनाको मृत्यु भएको छ भने आजसम्म कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२३%१२%४%१%१३%

प्रतिक्रिया दिनुहोस