२०८२ फागुन १०, आईतबार
नयाँ
पछिला अपडेट

देवचुलीका समाजसेवी रावलले “गोलपार्क चौतारी” निर्माण गर्दै

२०७८ जेष्ठ ९, आईतबार प्रकाशित ( साल अघि) २२१५ पाठक संख्या

एलिना केसी

देवचुली । देवचुली नगरपालिका वडा नं ९ विशालटारमा रहेको घुमाउरी सामुदायिक वनको पिक्निक स्पोर्टमा गोलपार्क चौतारी निर्माण कार्य सुरु भएको छ ।

सामुदायिक वनको चिनारी पिक्निक स्पोर्टको मुख्य बाटोको बिच भागमा आधुनिक डिजाईनको गोलपार्क सहितको चौतारी निर्माण कार्य चलिरहेको छ ।

देवचुली ९ का स्थानीय समाजसेवी हेम बहादुर रावलका सुपत्र राजेन्द्र रावलले पिक्निक स्पोर्टमा उक्त गोलपार्क चौतारी निर्माण गर्दै हुनुहुन्छ ।

घुमाउरी सामुदायिक वनको पिक्निक स्पोर्टमा धेरै पर्यटकहरु पिक्निकका लागि आउने गरेको र चौतारी निर्माण पश्चात यहाँ आउने जोकोहीलाई चौतारीमा बस्न सहज हुने भएकाले पनि आँफू यस कार्यमा अघि सरेर आर्थिक सहयोग गरेको रावलले बताउनुभयो ।

पार्टीपौवा र चौतारी निर्माण गर्ने  कार्य भएकाले पनि आँफूले चौतारी निर्माण गरि सहयोग गरेको रावलले जानकारी दिनुभयो ।

करिब ५० हजार लागतमा निर्माण कार्य चलिरहेको गोलपार्क चौतारी केही दिनमा नै सम्पन्न हुने घुमाउरी सामुदायिक वनका अध्यक्ष दिपक भट्टराईले बताउनुभयो । यस महान कार्यका लागि अघि बढि घुमाउरी सामुदायिक वनको पिक्निक स्पोर्टलाई सहयोग गर्नुभएकोमा राजेन्द्र रावललाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

देवचुली नगरपालिकाको पर्यापर्यटकीय क्षेत्रमा नाम कमाउँदै आइरहेको घुमाउरी पिक्नििक स्पोर्टमा धेरै नै दाताहरुबाट भौतिक संरचना निर्माण कार्य भएका छन् । घुमाउरी पिक्निक स्पोर्टलाई प्रख्यात पर्यटकीय क्षेत्रका रुपमा चिनाउनका लागि अध्यक्ष सहित कार्यसमितिका पदाधिकारीहरु निर्माण कार्यमा दिनरात लागि परेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस