२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

सरकारले तोकेकै समयमा निर्वाचन गराउन सकिने : निर्वाचन आयोग

२०७८ जेष्ठ ८, शनिबार प्रकाशित ( साल अघि) २१९१ पाठक संख्या

जेष्ठ ८ काठमाण्डौ । निर्वाचन आयोगका पदाधिकारीले सरकारले तोकेकै समयमा निर्वाचन गराउन सकिने निष्कर्ष दिएका छन ।

शनिवार प्रधानमन्त्री केपी ओलिले वालुवाटार स्थित निवासमा निर्वाचन आयोगका पदाधिकारीहरु बिच निर्वाचन बारे परामर्श गर्नु भएको थियो ।

उक्त परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले निर्वाचन गराउन निर्वाचन सम्बन्धि ऐनमा १२० कार्य दिन तोकिएको छ ,सो समय अनुसार भखरै मात्र तोकिएको समय निर्वाचनको लागि प्रर्याप्त रहेको बताएका छन ।

साथै प्रधानमन्त्री ओलीले निर्वाचनलाइ चाहिने आर्थिक , कानुन र कर्मचारी सबैको तयारी गर्न निर्वाचन आयोगलाइ आग्रह गर्नु भएको छ ।

कोरोना सक्रमण बढेसँग राजनीति तरलता बढदै गएपछि जेष्ठ ७ गते प्रधानमन्त्रीको लागि ओली र देउवाको दावी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रवार मध्यरातमा वर्तमान प्रतिनिधि सभा विघटन गरी २०७८ कार्तिक २६ गते शुक्रवार एक चरणको र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन गर्न मिति तोकिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस