२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु जिल्ला अस्पतालमा दैनिक १७ सिलिन्डर अक्सिजन उत्पादन

२०७८ जेष्ठ ८, शनिबार प्रकाशित ( साल अघि) १९३० पाठक संख्या

नवलपुर । नवलपुरको कावासोती १६ स्थित मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ।

अहिले दैनिक १७ सिलिन्डर अक्सिजन उत्पादन हुने गरेको छ।

प्लान्टबाट पाईपलाईन मार्फत् २० वटा वेडमा अक्सिजन पु¥याईएको मध्यबिन्दु जिल्ला अस्पतालले जनाएको छ ।

अस्पतालमा नै अक्सिजन उत्पादन सुरु भएपछि अब अक्सिजनको अभाव नहुने विश्वास गरिएको छ ।

अहिले अस्पतालमा दैनिक ३५ भन्दाबढि सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ ।

खपत हुने अक्सिजनको परिमाणमा आधाजसो प्लान्टबाट नै उत्पादन हुने भएपछि अब अक्सिजनकालागि धेरै दौडधुप गर्न नपर्ने बताईएको छ ।

प्लान्टकालागि ३८ लाख र पाईपलाईनकालागि १९ लाख रुपैयाँ गण्डकी प्रदेश सरकारले सहयोग उपलब्ध गराएको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस