२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा बिहिबार संकलन गरिएको स्वाब मध्य १० जनामा पोजेटिभ

२०७८ जेष्ठ ८, शनिबार प्रकाशित ( साल अघि) १९९७ पाठक संख्या

एलिना केसी

देवचुली । देवचुली नगरपालिकामा गत बिहिबार गरिएको स्वाब संकलनमा १० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

देवचुली नगरपालिकाको परिसरमा बिहिबार २५ महिला र २३ जना पुरुष गरि ४८ जनाको स्वाब संकलन गरिएको थियो जसमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा शनिबार ८ जना महिला र २ जना पुरुष गरि १० जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको र अन्य ३८ जनाको रिपोर्ट नेगेटिभ आएको देवचुली नगरपालिका स्वास्थ्य शाखा सि.अ.हे.व अधिकृत शिव पराजुलीले जानकारी दिनुभयो ।

हालसम्म देवचुलीमा २ सय ५२ पुगेका छन भने निको १ सय ४० र ४ जनाको मृत्यु भएको जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%३%

प्रतिक्रिया दिनुहोस