२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरको दुम्कीबासमा सांसद चढे्काे कार दुर्घटना

२०७८ जेष्ठ ७, शुक्रबार प्रकाशित ( साल अघि) १७७४ पाठक संख्या

नवलपुर । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी १ दुम्कीबासमा दुर्घटना भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्किबास नजिकै बिहान १० बजेको समयमा कार दुर्घटना भएको हो ।

कारमा सवार शाहा सहित तिनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिनुभयो ।

नयाँ सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि सृजित राजनीतिक अवस्थाको कारण उहाँ गृह जिल्लाबाट काठमाडौं जादै हुनुहुन्थ्यो ।

अहिले उहाँ दुम्कीबासको स्थानीय मेडिकलमा हुनुहुन्छ । दुर्घटना पछि पार्टी केन्द्रीय कार्यालयको सम्पर्कमा गर्नुभएका शाहलाई दिउसो ४ बजेभित्र केन्द्रीय कार्यालय उपस्थित हुन भन्दै निर्देशन आएको बुझिएको छ ।

उहाँ विनयी त्रिवेणी गाउँपालिकाको सवारीमा काठमाडौं जाने तयारी गर्दै हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस