२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

२०७८ जेष्ठ ६, बिहिबार प्रकाशित ( साल अघि) ११८८ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नं ८ का ३८ वर्षीय पुरुषको कोभिड निमोनियाको कारण बुधबार राती ८:३० बजे चितवन मिडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय नवलपुरले जनाएको छ ।

गत वैशाख १ गतेबाट चितवन मिडिकल कलेजमा भेन्टिलेसनमा उपचार भैरहेको थियो । उनको हिज राति ३८ दिन पछी मृत्यु भएको हो ।

त्यसैगरी आज नवलपुरमा ३ जना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

कोरोना संक्रमणबाट आजसम्म मृत्यु हुनेको संख्या ६५ पुगेको छ । जिल्लामा दोस्रो चरणको कोरोना पछिको सक्रिए संक्रमितको संख्या १ हजार ७८ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२०%

प्रतिक्रिया दिनुहोस