२०८२ भाद्र ११, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा थप एक जना कोरोना संक्रमित मृत्यु

२०७८ जेष्ठ ६, बिहिबार प्रकाशित ( साल अघि) १५९७ पाठक संख्या

कावासोती । नवलपुरमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ का ८६ वर्षीय पुरुषको कोभिड निमोनियाको कारण बिहिबार बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय नवलपुरले जनाएको छ ।

गत वैशाख २६ गते मध्यविन्दु जिल्ला अस्पतालमा स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियोे ।

स्वास्थ्य अवस्थामा जटिल बन्दै गएपछी थप उपचारको लागी वैशाख ३१ गते चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको मध्यबिन्दु जिल्ला अस्पतालले जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भए सँगै जिल्लामा ६९७ जना कोरोना संक्रमण मुक्त भएका छ्न भने कोरोनाको दोस्रो लहरमा २७ जनाको मृत्यु भएको जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नवलपुरमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%९%१%

प्रतिक्रिया दिनुहोस