२०८२ कार्तिक १६, आईतबार
नयाँ
पछिला अपडेट

अमलटारी होमस्टेले नेपाल संरक्षण अवार्ड प्राप्त गर्यो

२०७८ जेष्ठ ६, बिहिबार प्रकाशित ( साल अघि) १८९८ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा रहेको अमलटारी मध्यबर्ती सामुदायिक होमस्टेले नेपाल संरक्षण अवार्ड प्राप्त गरेको छ ।

कावासोती वाड नम्बर १५ मा अवस्थित समुदाय स्तरबाट संचालन गरीएको अमलटारी होमस्टेले दोस्रो पटक राष्ट्रिय पुरस्कारबाट सम्मानीत भएको हो ।

होमस्टेले डब्लुडब्लुएफ नेपाल संरक्षण अवार्ड २०२१ प्राप्त गरेको होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले जानकारी दिनुभयो ।

प्रकृति र सस्कृति संरक्षण तथा जैविक विविधता संरक्षण मार्फत दिगो जीविकोपार्जनको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउने मध्यवर्तिक्षेत्र अन्तर्ग रहेको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेले डब्लू डब्लू एफ नेपाल संरक्षण अवार्ड प्राप्त गर्न सफल भएको होमस्टेका अध्यक्ष एवं कावासोती नगरपालिका उपप्रमुख प्रेमशंकर मर्दनीय थारुले बताउनुभयो ।

डब्लुडब्लुएफले संरक्षणको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरे बापत अमलटारी होमस्टेलाई राष्टिय संरक्षण पुरस्कारबाट नगद रु १ लाख नगद सहित सम्मान गरेको अध्यक्ष मर्दनियाले जानकारी दिनुभयो।

सानो लगानीमा आफ्नै घरमा पाहुनालाई स्थानीय परिकारको साथ सत्कार गर्ने नेपाली प्रचलन अर्थात् होमस्टेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको मन जित्न थालेको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस