२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज १ सय १९ जनामा कोरोना संक्रमण, ७९३ जना निकोभए

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित ( साल अघि) १४१३ पाठक संख्या

कावासोती । नवलपुरमा आज बुधबार कोरोना भाइरसबाट थप १ सय १९ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार होम आइसोलशेनमा रहेका ९६ जना निको भएका हुन् ।

कोभिडको दोस्रो लहर शुरु भए यता नवलुरमा १ हजार ९ सय ३८ जना संक्रमित भएकाहरु मध्ये बुधबार सम्म ७ सय ९३ जना निको भएका छन् ।

आज जिल्लामा नयाँ संक्रमित थपिनेमा गैंडाकोटमा २३ जना , देवचुलीमा २६ जना , कावासोतीमा २९ जना , मध्यविन्दुमा १५ जना, विनयीत्रिबेणीमा १२ जना , हुप्सेकोटमा १३ र अन्य १ जना गरि १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी आज नवलपुरमा ५ जना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । जिल्लामा दोस्रो चरणको कोरोना पछिको सक्रिए संक्रमितको संख्या १ हजार १ सय १५ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस