२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

वडाध्यक्ष श्रेष्ठद्वारा १५ रिफिल अक्सिजन सिलिन्डर हस्तान्तरण

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित ( साल अघि) १०६० पाठक संख्या

कावासोती । कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठले मध्यविन्दु जिल्ला अस्पतालाई १५ वटा सिसिलण्डरमा अक्सिजन भर्न सहयोग गरेका छन् ।
कोरोना संक्रमित बढ्दै जाँदा अक्सिजन आवश्यक पर्ने संक्रमितहरुलाई अक्सिजन अभाव हुन नदिन श्रेष्ठले अक्सिजनले भरिएका सिलिण्डर बुधबार बिहान अस्पतालाई हस्तान्तरण गरेका हुन् ।

अक्सिजन भर्न लागेको सम्पुर्ण रकम वडा अध्यक्ष श्रेष्ठले व्यक्तीगत रुपमा खर्च गरेका हुन् । नेपाली काँग्रेस कोभिड १९ अनुगमन समितिको समन्वयमा ति सिलिण्डरमा ग्यास भरि अस्पतालाई बुझाईएको श्रेष्ठले बताए ।

वडाध्यक्ष श्रेष्ठले यस अघि पनि आफुहरुकै समन्वयमा अस्पतालमा २५ सिलिन्डर हस्तान्तरण गरिएको र आगामी दिनमा पनि आवश्यक परेको खण्डमा थप सिलिन्डर रिफिल गरेर हस्तान्तरण गरिने जानकारी दिए ।

नवलपुरमा खाली सिलिण्डरमा अक्सिजन भर्न समस्या देखिएपछि समितिको समन्वयमा श्रेष्ठले व्यक्तीगत लगानीमा १५ वटा सिलिण्डरमा अक्सिजन भरि बुझाएको समितिका संयोजक सुरज गुरुङ्गले बताए ।

सो कार्यमा नेपाली काँग्रेसका नेता एवम् उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमृत भट्टचनले बिषेष सहयोग गरेका थिए । श्रेष्ठले यस अघि पनि कोरोना महामारीकै क्रममा कावासोती नगरपालिकालाई पिपिई र पिसिआर किट उपलब्ध गराएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस