२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा गोली लागेर गम्भिर घाइते भएका युवकको मृत्यु

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित ( साल अघि) ११६८ पाठक संख्या

नवलपरासी – नवलपरासीमा गोली लागी गम्भीर घाइते भएका एक युवकको ज्यान गएको छ ।

प्रतापपुर गाउँपालिका ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर घाइते हुनुभएका २२ वर्षका अविनाश रायको बुटवलको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हाे ।

गम्भीर घाइते उहाँलाई अस्पताल पुर्‍याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए ।

यस्तै प्रहरीको गोली लागेर ३० वर्षका विनोद राय घाइते हुनुभएको छ ।

सीमा बन्द भएको बेलामा पनि भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेका ३ जना युवालाई रोक्न खोजेको र अटेरी गरेकाले गोली चलाउन बाध्य भएको प्रहरीको भनाई छ ।

घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१०%

प्रतिक्रिया दिनुहोस