२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा गाेली चल्याे, एकजना गम्भीर घाइते

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित ( साल अघि) १६३० पाठक संख्या

रंजीत शर्मा/ नवलपरासी ,५ जेठ

पश्चिम नवलपरासीकाे दक्षिणी सिमामा सशस्त्र प्रहरीले चलाएकाे गाेली लागेर एक स्थानीय युवक गम्भिर घाइते भएका छन् ।

गाेली लागेर समाजसेवी बच्चा रायका छाेरा २२ वर्षे अविनाश राय घाइते भएकाे स्थानीयले बताएका छन् । घटना के कारणले भएकाे खुल्न सकेकेा छैन ।

घटना प्रतापपुर गाउंपालिका वडा नं. ६ कठहवामा जेठ ५ गते बुधवार विहान साढे नाै बजेकाे हाे । सीमातर्फ जांदै गरेका ३ जना नेपाली युवकलाइ लक्षित गरि प्रहरीले गाेली चलाएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले सीमामा गाेली चलाएकाे घटनाले स्थानीयमा त्रास बढेकाे छ। सीमावर्ती गाउं नेपाल भारत दुबैतर्फकाे अवस्था तनावपुर्ण बनेकाे छ।

सशस्त्र प्रहरीलाइ घटनाबारे जानकारी लिन फाेन गर्दा नउठेकाे अवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%१%१%

प्रतिक्रिया दिनुहोस