२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको गयो ज्यान, ४९ घाइते

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित ( साल अघि) १९१५ पाठक संख्या

कावासोती । पुर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना भएको छ ।

बर्दघाट– ४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनाबाट ४९ जना घाइते भएका छ्न।

काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवहाक बस दाउन्नेको खुर्सानिखोलाबाट सडक देखि डेढ सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक राजु लामाका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका ४ बस्ने धनरज धर्तिको मात्र सनाखत भएको छ ।

घाईतको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा ल्याएको छ । दुर्घटनामा ४९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाईते मध्ये केहिको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईतेलाई उपचारका लागि बटुवल पठाईएको छ । बसमा सवार ५ जना सकुशल रहेका छन्

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस