२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा कोरोना संक्रमित महिलाको मृत्यु

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित ( साल अघि) २१७० पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नं. १३ की ४६ बर्षिय महिलाको कोभिड निमोनियाको कारण गएराती जेठ ४ बिहान १ः३० बजे उपचारको क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय नवलपुरले जनाएको छ ।

गत वैशाख ३१ गते मध्यविन्दु जिल्ला अस्पतालमा स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियोे ।

स्वास्थ्य अवस्थामा जटिल बन्दै गएपछी थप उपचारको लागी जेठ २ गते चितवन मेडिकल कलेज रिफर गरिएको मध्यबिन्दु जिल्ला अस्पतालले जनाएको छ ।

उनको गएराती चितवन मेडिकल कलेजमा कोभिड निमोनियाको कारणले मृत्यु भएको हो ।

कोरोनाको दोस्रो लहर सुरु भए सँगै जिल्लामा ६९७ जना कोरोना संक्रमण मुक्त भएका छ्न भने कोरोनाको दोस्रो लहरमा २६ जनाको मृत्यु भएको जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नवलपुरमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस