२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीमा अटो चालक बिकले बिरामीलाई अस्पताल सम्मका लागि सेवा दिने

२०७८ जेष्ठ ४, मंगलबार प्रकाशित ( साल अघि) १३२७ पाठक संख्या

एलिना केसी

देवचुली । देवचुली नगरपालिका वडा नं ७ मा अटो चालक रतन बि.कलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

कोरोना भाइरस दिन प्रति दिन फैलिरहेको समयमा देवचुली ७ मा कोभिड संक्रमण भएका अथवा अन्य बिरामीलाई अस्पताल सम्म पुग्नु परेको खण्डमा एम्बुलेन्स आउन ढिला भएमा देवचुली ७ का अटो चालक रतन बि.कले सेवा दिन तयार भएका छन् ।

उनले वडा भित्रका कोही बिरामी अस्पतालसम्म जानुपरेमा सेवा दिन तयार रहेको बि.कले बताएका छन् । आफ्नो वडामा सवारी साधनको अभावबाट कसैको पनि ज्यान नजाहोस भन्ने उद्धेश्यले आँफू सेवा दिन तयार रहेको बताएका छन् ।

उनले एम्बुलेन्स नपाए वा आउन ढिला भए आँफूलाई ९८०४४०६३३९ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

यस महान कार्य गर्ने क्रममा उनको स्वास्थ्यमा कुनै पनि समस्या नहोस भन्नका लागि देवचुली नगरपालिका वडा नं ७ र देवचुली स्वास्थ्य चौकीबाट स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

मंगलबार बि.कलाई १ सेट पिपिई, मास्क, फेसशिल्ड, ग्लोप्स लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको वाडध्यक्ष भूपराज पाठकले बताउनुभयो ।

बि.क सेवा दिनका लागि अघि बढ्नु भएकोमा धन्यवाद व्यक्त गर्दै स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालन सेवा संचालन गर्न आग्रह गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस