२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर अपडेट : आज ९७ जना निको हुँदा १०७ जनामा संक्रमण, २ जनाको मृत्यु

२०७८ जेष्ठ ४, मंगलबार प्रकाशित ( साल अघि) १५३४ पाठक संख्या

कावासोती । नवलपुरमा आज मंगलबार कोरोना भाइरसबाट थप १ सय ७ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आज नवलपुरबाट कोरोना जित्नेको संख्या ९७ भए संगै दोस्रो लहरको कोरोना जित्नेको जम्मा संख्या ६९७ पुगेको छ ।

आज जिल्लामा नयाँ संक्रमित थपिनेमा गैंडाकोटमा ४९ जना , देवचुलीमा ८ जना , कावासोतीमा ३० जना , मध्यविन्दुमा ४ जना, विनयीत्रिबेणीमा १२ जना , हुप्सेकोटमा २ र अन्य २ जना गरि १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गैडाकोटका ४१ जना, देवचुलीका १०, कावासोतीका ३२ जना, मध्यविन्दुका ७ जना , विनयी त्रिवेणिका ६ जना, हुप्सेकोटका १ जना गरि ९७ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा मगलबार सम्ममा १०९७ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. २ का ६८ बर्षिय पुरुष र कावासोती नगरपालिककै वडा नं. १६ की ८२ बर्षिय महिलाको कोभिड निमोनियाबाट मृत्यु भएसंगै दोस्रो लहरको कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस