२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दु जिल्ला अस्पतालमा सोमबार राती १ कोरोना संक्रमितको मृत्यु

२०७८ जेष्ठ ४, मंगलबार प्रकाशित ( साल अघि) १५६५ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत कावासोती नगरपालिका वडा नम्बर २ का ६८ वर्षीया पुरुषको मृत्यु भएको हो।

उनको सोमबार राती १२:०० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना परिक्षणको लागी स्वाब दिर्दा जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको डा.शिबराज न्याैपानेले जानकारी गराउनु भएकोे छ ।

उहाँका अनुसार निमाेनिया, चिनिराेग र मृगाैलामा समस्या भई उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा उनको मृत्यु भएको हो ।

नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये ६०० जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%५%

प्रतिक्रिया दिनुहोस