२०८३ भाद्र २१, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा निषेधाज्ञा कायमै , जेठ १४ गते सम्म

२०७८ जेष्ठ ३, सोमबार प्रकाशित ( साल अघि) २४९५ पाठक संख्या

कावासोती । नवलपुरमा गत वैशाख २१ गते देखि लागू भएको निषेधाज्ञालाई निरन्तरता दिईएको छ ।

आज बसेको विपद व्यवस्थापन समितिको वैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको वैठकले जेठ १४ गते राति १२ बजेसम्म लागु हुने गरि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो।

तरकारी तथा खाद्य सामग्री खरिद गर्ने बाहनामा घरबाट निस्कने मानिसहरुले संक्रमण फैलाएको भन्दै नवलपुरमा तरकारी तथा खाद्य सामग्री पसल पनि निश्चित समयका लागि मात्र खोल्ने निर्णय भएको छ ।

जिल्लामा कोरोनाको दोस्रो लहरको प्रकोप बढे पछि यस अघि वैशाख २१ देखि जेठ ४ सम्म निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस