२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज १ सय ५ जनामा कोरोना संक्रमण, ६०० जना निकोभए

२०७८ जेष्ठ ३, सोमबार प्रकाशित ( साल अघि) १३६३ पाठक संख्या

कावासोती । नवलपुरमा आज १०५ जना कोरोनाका बिरामी निको भएका छन् ।

स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आज नवलपुरबाट कोरोना जित्नेको संख्या १०५ भए संगै दोस्रो लहरको कोरोना जित्नेको जम्मा संख्या ६०० पुगेको छ ।

आज गैडाकोटका ३१ , देवचुलीका ११ , कावासोतीका ३४ ,मध्यविन्दुका ११ , विनयी त्रिबेणीका १४ , बुलिन्टारका १ जना र अन्य ३ जना गरि १०५ जना निको भएका हुन् ।

त्यस्तै आज नवलपुरमा १२१ जनामा कोरोना पुष्टि भएको छ । गैडाकोटका १८ जना , देवचुलीका १२ जना , कावासोतीका ४४ जना , मध्यविन्दुका २० जना , विनयीत्रिबेनिका २१ जना , हुप्सेकोटका ४ जना , बुलिन्टार र बौदिकालीका एक एक जना गरि १०५ जनामा संक्रमण देखिएको हो ।

नवलपुरमा सोमबार सम्ममा १०८९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै आज कावासोती र बिनायित्रिबेणीका १/१ जनाको मृत्यु भएक संगै दोस्रो लहरको कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस