२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु

२०७८ जेष्ठ ३, सोमबार प्रकाशित ( साल अघि) २१९१ पाठक संख्या

कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले दिएको जानकारी अनुसार कावासोतीका पुरुष र दुम्किवास घर भएकि महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

कावासोती नगरपालिका वडा नं. ११ का उपचारको क्रममा बुटवलमा आज विहान मृत्यु भएको हो ।

बुटवलको ग्रीनसिटि अस्पतालमा उनको मृत्यु भएको मध्यविन्दु जिल्ला अस्पतालले जनाएको छ ।

बैशाख ३० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि परिवारले उनलाई बुटवल लगेका थिए ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ कि ४४ वर्षीया महिलाको मध्यविन्दु जिल्ला अस्पतालमा गएराति मृत्यु भएको छ ।

हिजो अपरान्ह ४ वजे अस्पताल भर्ना भएकि उनको राति ९: ४० वजे ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।

उनि मृगौला र कलेजको रोगबाट रहेको र कोभिड निमोनिया समेत देखिएको बताइएको छ।

कोरोनाको दोस्रो लहर सुरु भए सँगै जिल्लामा ४९५ जना कोरोना संक्रमण मुक्त भएका छ्न भने कोरोनाको दोस्रो लहरमा २३ जनाको मृत्यु भएको जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५५ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नवलपुरमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस