२०८२ अषाढ १८, बुधबार
नयाँ
पछिला अपडेट

कोभिड-१९ अनुगमन समितिले मध्यबिन्दु जिल्ला अस्पताललाई सिलिन्डर हस्तान्तरण

२०७८ जेष्ठ २, आईतबार प्रकाशित ( साल अघि) १५९६ पाठक संख्या

कावासोती । कोभिड-१९ अनुगमन समितिको संयोजनमा रिफिल गरिएको २५ थान अक्सिजन सिलिन्डर मध्यविन्दु जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ ।

नेपाली काङ्ग्रेसले बनाएको कोभिड-१९ अनुगमन समितिको पहलमा सांसदद्वय देवेन्द्रराज कंडेल र विनोद चौधरीको पहलमा भैरहवाबाट रिफिल गरेर ल्याईएको २५ अक्सिजन सिलिन्डर मध्य १५ वटा मध्यविन्दु जिल्ला अस्पताललाई र १० थान विपत व्यवस्थापन सहयोग समितिलाई बुझाईएको कोभिड-१९ अनुगमन समितिका संयोजक सुरज गुरुङले बताए।

नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछानेले अक्सिजन सिलिन्डरहरु विपत व्यवस्थापन सहयोग समिति मार्फत अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो।

काङ्ग्रेस नेता महेन्द्र पोख्रेल , कावासोती-३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठ लगाएतको उपस्थितिमा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको थियो ।

अस्पतालबाट खाली सिलिन्डर भैरहवा लगेर रिफिल गरेर ल्याईएको र थप सिलिन्डरहरु ल्याउने प्रयास भैरहेको गुरुङले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस