२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

महासंघ प्रदेश समिति अध्यक्ष नारायण शर्मालाई पितृशोक

२०७८ जेष्ठ १, शनिबार प्रकाशित ( साल अघि) १०५५ पाठक संख्या

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ।

शर्माका पिता गंगाधर शर्मा चापागाईको ९० वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै निवास नवलपुरको कावसाती ९ मा निधन भएको हो।

स्वर्गीय शर्मा लामो समय देखि दमको रोगी थिए । स्वर्गीय शर्माका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

यसैबीच नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

अध्यक्ष नारायण शर्माको पूज्यनीय पिता गंगाधर शर्मा चापागाईको निधनको खबरले नेपाल महासंघ गण्डकी प्रदेश समिति मर्मात र स्तब्ध भएको छ ।

यस दूखद घडीमा महासंघ प्रदेश समिति स्वर्गीय बुबाको आत्माको चीरशान्तिको कामना गर्दै अध्यक्ष शर्मा सहित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

महासचिव गोविन्द सुवेदीद्धारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस