२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

देबचुलीमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

२०७८ बैशाख ३१, शुक्रबार प्रकाशित ( साल अघि) १८२४ पाठक संख्या

कावासोती । नवलपुरको देबचुली नगरपालिका- १० बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।

बिहिबार दिउँसो ३ बजेको समयमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

देवचुली नगरपालिका-१० बस्ने ५१ वर्षीय कृष्ण प्रसाद सापकोटाको घरमा तास खेलिरहेको अवस्थामा कृष्ण प्रसाद समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी पुगेर उनीहरुलाई नगद २९ हजार ७ सय ६० रुपैयाँ  र ३ बुक तास सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १ सय २५ बमोजिम कुुसुर अन्तर्गत अनुसन्धान अगाडि बढाईएको प्रहरीले जानकारी दिएको छ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%४%१%१%२%२%

प्रतिक्रिया दिनुहोस