२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा थप १ कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख ३१, शुक्रबार प्रकाशित ( साल अघि) १३०४ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भरतपुर अस्पताल चितवनमा उपचाररत कावासोती नगरपालिका वडा नम्बर ८ का ७१ वर्षीया पुरुषको मृत्यु भएको हो ।

उनको बिहिवार राति ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

गत बैशाख २८ मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना परिक्षणको लागि स्वाब दिईएको थियो। सोहि दिन संक्रमण पुष्टि भएको उनलाई थप उपचारको लागी वैशाख ३० गते भरतपुर पठाईएको थियो ।

उपचारको क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको बताईएको छ ।

नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये २ सय ८७ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस