२०७९ भाद्र ३, शुक्रबार
नयाँ
पछिला अपडेट

कोरोना संक्रमणबाट एकै दिन २ सय १४ जनाको मृत्यु

२०७८ बैशाख ३०, बिहिबार प्रकाशित ( साल अघि) १०४२ पाठक संख्या

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ सय १४ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित सिट रिपमा उक्त अवधिमा ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा १९ हजार ४ सय ७४ पीसीआर तथा ७ सय ७१ जनामा एन्टिजेन गरी २० हजार २ सय ४५ जनामा परीक्षण गरिएको थियो ।

आज नेपालमा ५ हजार ५५ जना संक्रमण्मुक्त भएका छन् । हालसम्म ४ हजार ४ सय ६६ जनाले ज्यान गुमाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस