२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

२०७८ बैशाख ३०, बिहिबार प्रकाशित ( साल अघि) १०७१ पाठक संख्या

आन्तरिक उडान अनिश्चितकालकालागि बन्द भएका छन् । सरकारले अर्को सूचना नभएसम्म आन्तरिक उडानमा लगाइएको रोकलाई कायमै राख्ने निर्णय गरेको हो ।

नागरिक उड्डयन प्राधिकारणले विहिबार विज्ञप्ती जारी गर्दै कोभिड-१९ संक्रमणमा वृद्धि भैरहेको उल्लेख गर्दै उक्त निर्णय भएको जनाएको छ ।

कार्गो, उद्धार र विशेष उडानहरु भने निरन्तर हुने समेत प्राधिकरणले जनाएको छ । सरकारले यसअघि बैशाख मसान्तसम्म आन्तरिक उडानलाई रोक लगाउने निर्णय गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस