२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

कोरोना संक्रमणबाट प्रहरीका असइको निधन

२०७८ बैशाख ३०, बिहिबार प्रकाशित ( साल अघि) १२४३ पाठक संख्या

काठमाडौं । कोभिड १९ को संक्रमणबाट नेपाल प्रहरीका एक कर्मचारीको निधन भएको छ ।

महानगरीय अपराध महाशाखामा कार्यरत असई देवी पुरीको बिहीबार निधन भएको हो ।

वैशाख १८ बाट महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार गराइरहेका पुरीको बिहीबार विहान निधन भएको अपराध महाशाखाका एसएसपी चन्द्रकवेर खापुङले बताए ।

अपराध महाशाखामा आउनुअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए। जनताको सेवा गर्ने क्रममा ठूलो संख्यामा प्रहरीहरु संक्रमित भएका छन् ।

महामारीको समयमा सुरक्षाकर्मीहरुको ज्यानको बाजी दिएर सेवामा खटिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%१%५७%६%

प्रतिक्रिया दिनुहोस