२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जुवातास खेली रहेको अवस्थामा ७ जना पक्राउ

२०७८ बैशाख २९, बुधबार प्रकाशित ( साल अघि) ११४० पाठक संख्या

चोरमारा । नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं.८ भाग्रामा तास खेलीरहेको अवस्थामा प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ पर्नेहरूमा मध्यबिन्दु–८ का बर्ष ४० को पुर्ण बहादुर तामाङ , मध्यबिन्दु–८ बस्ने बर्ष ३२ को टेक बहादुर चौधरी , बर्ष ४५ को निर प्रताप चौधरी,बस्ने बर्ष ३२ को नारायण चौधरी, बस्ने बर्ष ३४ को जोगेन्द्र महत्तो , बस्ने बर्ष ३५ को अनिल कुमार चौधरी मध्यविन्दु ७ बस्ने बर्ष ३७ को रुप बहादुर गुरुङ छन् ।

उनीहरूको साथबाट ४५ हजार ७ सय ६९ रुपैयाँ नगद सहित ४ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई प्रहरी चौकी चोरमारामा ल्याईएको र थप अनुसन्धान भईरहेको छ।
 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%३%१%१%२%

प्रतिक्रिया दिनुहोस