२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यविन्दुु जिल्ला अस्पताल कोरोना संक्रमित बिरामीले भरिए

२०७८ बैशाख २९, बुधबार प्रकाशित ( साल अघि) १९०३ पाठक संख्या

सुस्मा न्याैपाने

नवलपुर । नवलपरासीको मध्यविन्दुु जिल्ला अस्पतालमा बिरामीका लागि छुट्याइएको अक्सिजन सहितको बेड भरिएको छ ।

कोेरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि अस्पतालमा रहेका २८ वटा बेडहरु कोभिडका बिरामीले भरिएका हुन ।

कोभिड फोकल पर्सन समेत रहेका जिल्ला अस्पतालका डाक्टर शिवराज न्यौपानेले २८ वटै बेडमा बिरामी रहेको उज्यालो खबरलाई बताए ।

२५ जना कोभिडका र तीनजना संस्कास्पद बिरामी गरि २८ जनाको उपचार भैरहेको उनले सुनाए । डाक्टर न्यौपानेका अनुसार २८ जना मध्ये २४ जना बिरामी लाई निरन्तर अक्सिजन दिनुपरेको छ ।

बिरामीहरुको अवस्था अनुसार केहिलाई दिनकै ४।५ वटा अक्सिजनको ठुलो सिलिण्डर लगाउनु परेको छ , न्यौपानेले भने । जिल्ला अस्पतालमा सानो ठुलो गरि ६५ थान अक्सिजनको सिलिण्डर राखिएको छ ।

कोारोना संक्रमित हुनेको संख्या बढ्दै गएपछि अस्पतालमा  थप बिरामी आएको अवस्थामा ईमरजेन्सीमै राखेर भएपनि उपचार गर्नुपर्ने अवस्था देखिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस