२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

बौदिकालीमा अध्यक्ष राना सहित २४ जनामा कोरोना संक्रमण

२०७८ बैशाख २९, बुधबार प्रकाशित ( साल अघि) १७२२ पाठक संख्या

 

हिमा अर्याल

गैँडाकोट, २९ बैशाख । नवलपुरको बौदिकाली गाँउपालिकाका अध्यक्ष सहित २४ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ ।

४ दिन अघि नमुना परिक्षणको लागि जनस्वास्थ्य कार्यालय पोखरामा नमुना पठाईएकोमा आज मात्र रिपोर्ट आएको गाँउपालिका अध्यक्ष दुर्गा बहादुर रानाले जानकारी दिनु भयो ।

परिक्षण नतिजाको रिपोर्टमा आफ्नो पनि कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएको जानकारी दिनु भयो। उहाँका अनुसार वडा नं ३ का वडाध्यक्षमा पनि संक्रमण पुष्टि भएको छ ।

२ जना सहित मंगलवार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको रानाले जानकारी दिनु भयो । २ जना जनप्रतिनीधि, २ जना स्वास्थ्य कर्मि, ४ जना बौदिकाली गाँउपालिका अन्र्गतका कर्मचारीमा कोरोना पुष्टि भएको हो । रिपोर्ट निकै ढिलो आएको बताउदै उहाँले आफ्नो सम्पर्कमा रहेका सवैलाई होम आइसोलेसनमा बस्न आग्रह गरेको बताउनु भयो ।

बोदिकालिमा यस अघि २६ गते ४ जनामा संक्रमण पुष्टि भएको थियो । ४ दिन अघि पठाएको रिपोर्ट आज आउदा संक्रमितबाट अन्यमा धेरैमा संक्रमण फैलिएको हुन सक्ने बताउदै रानाले थप नमुना परिक्षणको लागि पहल गरिने बताउनु भयो ।

आफ्नो सहित संक्रमितहरुको स्वास्थ्य अवस्था अहिले सम्म सामान्य रहेको रानाले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस