२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ बैशाख २७, सोमबार प्रकाशित ( साल अघि) १४९१ पाठक संख्या

कावासोती । नवलपुरमा सोमबार थप १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सगै पछिल्लो लहर आए पछि नवलपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय ४५ पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले दिएको जानकारी अनुसार गैँडाकोट नगरपालिकामा सवैभन्दा बढि ७३ जना थपिएका छन् ।

त्यस्तै देवचुली नगरपालिकामा ५ जना , कावासोती नगरपालिकामा २९ , मध्यविन्दुमा १३ , विनयी त्रिवेणीमा ११ , हुप्सेकोटमा १ र अन्यमा ५ गरि १ सय ३७ सक्रमित थपिएका हुन् ।

नवपुरमा दोश्रो लहरको कोरोना सुरु भएपछि १४ जनाको निधन भएको छ भने नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये १ सय ४१ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

आज थप १ जनाको मृत्यु भए संगै जिल्लामा आजसम्म कोरोनाको कारण जम्मा मृत्यु हुनेको संख्या ४६ पुगेको छ। सोमवार मात्र कोरोना निको हुनेको संख्या १५ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस