२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा शुरु गरियो बिरामी बोक्न अटो एम्बुलेन्स

२०७८ बैशाख २७, सोमबार प्रकाशित ( साल अघि) १९४१ पाठक संख्या

नवलपुर,२६ वैशाख । नवलपरासीपूर्व सदरमुकामस्थित कावासोती नगरपालिकाले कोरोना संक्रमित बिरामीलाई बोक्न तीन पांग्रे अटो प्रयोग गर्न थालेको छ ।भारतमा कोभिड संक्रमण भयावह भएपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले अटोलाई नै एम्बुलेन्स बनाएका थिए ।

नवलपुरको कावासोती नगरपालिकाले पनि निःशुल्क रुपमा बिरामी बोक्न भन्दै अटो तैनाथ गरेको छ ।
नवलपुरकै देवचुली नगरपालिकामा वैशाख २० गते एम्बुलेन्स नपाउँदा टेक्टर विरामी बोकेको घटनाले सवत्र्र चासो बढिरहँदा देशका विभिन्न ठाउँका पालिकाहरुले जनप्रतिनिधि चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न थालेका छन् ।

कावासोती नगरपालिकाले यसअघि एउटा एम्बुलेन्स कोभिडका विरामीलाई बोक्न निःशुल्क रुपमा तैनाथ गरेको थियो । अहिले पुनः तीन वटा अटो तैनाथ गरिएको नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनीयाले बताउनुभयो ।

यस्तै, कावासोती नगरपालिकाले प्रत्येक वडामा कोभिड १९ संक्रमितको हेरचाह, अवलोकन, उपचार र स्वास्थ्य परामर्शका लागि २० जना स्वास्थ्कर्मीहरुको टिम समेत परिचालन गरेको नगर उपप्रमुख एवं विपद व्यवस्थापन समितका संयोजक मर्दनिया थारुले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस