२०८३ आश्विन ९, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख २६, आईतबार प्रकाशित ( ५ साल अघि) १४३४ पाठक संख्या

कावासोती । नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मध्यबिन्दु जिल्ला अस्पतालमा उपचाररत देवचुली नगरपालिका–१ बस्ने ७८ वर्षीया पुरुषको मृत्यु भएको छ।

उनको गएराति १०ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

उच्च ज्वरो आएपछि हिजो अस्पताल भर्ना गरिएकाेमा उनको एन्टीजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । पछिल्लो पटक १२ जनाको कोरोना कै कारण निधन भएको छ ।

नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये ७२ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%२%

प्रतिक्रिया दिनुहोस


↑