२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा एकैदिन १४६ जनामा कोरोना संक्रमण, ५ संक्रमितको मृत्यु

२०७८ बैशाख २६, आईतबार प्रकाशित ( साल अघि) १०४० पाठक संख्या

विकास चापागाई

बैशाख २५ । पश्चिम नवलपरासीमा शनिबार एकैदिन १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पुरुष ७२ र महिला ५६ जनामा संक्रमण पुष्टि भएको हो । पिसिआर परिक्षणबाट ८९ र एन्टिजिनबाट ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले रेडियो परासीलाई जानकारी दिनुभयो । यो सङ्ख्या जिल्लामा देखिएको दैनिक सङ्क्रमणमध्ये सबैभन्दा धेरै हो ।

शनिबार जिल्लाको बर्दघाट नगरपालिकामा मात्रै ३८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सुनवल नगरपालिकामा २८, प्रतापपुर गाउँपालिकामा २५, सरावल गाउँपालिकामा २३, रामग्राम नगरपालिकामा २१, पाल्हीनन्दन गाउँपालिकामा ७ र सुस्ता गाउँपालिकामा ५ जनामा कोरोना पोजिटिभ आएको छ ।

शनिबार १ सय ४६ जना थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २४ सय ८१ पुगेको छ । अब जिल्ला भित्र ९ सय ५७ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । शनिबार रामग्राम नगरपालिकाबाट ३८ जनाको स्वाव सङ्कलन गरि पिसिआर परिक्षण लागि पठाइएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यसैविच शनिबार जिल्लामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिकाका २ जना, बर्दघाट नगरपालिकाका र सुस्ता गाउँपालिकाका एक–एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले रेडियो परासीलाई जानकारी दिनुभयो । शनिबार ५ जना संक्रमितको मृत्यु भएसगँै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस