२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवनमा एकैदिन थप ३९२ जनामा कोरोना संक्रमण देखियो

२०७८ बैशाख २५, शनिबार प्रकाशित ( साल अघि) १०२० पाठक संख्या

चितवन  । चितवनमा आज अहिले सम्मकै सबै भन्दा धेरैलाई कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार आज एकै दिन थप ३९२ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमा भरतपुर महानगरपालिकाका ३२०, रत्ननगरमा २९, खैरहनी नगरपालिकामा ११, राप्तीमा १२, माडीमा १४ र कालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै चितवनमा जम्मा संक्रमितको संख्या ९ हजार ४८४ जना पुगेको छ भने १३७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चितवनका अस्पतालहरुमा १६४ जना र घरमा दुई हजार १४३ जना आइसोलेसनमा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस