२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलिमा युवाहरुद्वारा अक्सिजन बैंक स्थापना

२०७८ बैशाख २५, शनिबार प्रकाशित ( साल अघि) १२६५ पाठक संख्या

नवलपुर । नवलपुरको देवचुलिमा युवाहरुले अक्सिजन बैंक स्थापना गरेका छन।युवाहरुको पहल तथा नगरपालिकाको  समन्वयमा अक्सिजन बैक स्थापना गरिएको हो।

गत बैशाख २० गते अक्सिजन र एम्बुलेन्स अभावमा स्थानिय खेम काफ्लेको निधन भएपछी आक्रोशित युवाहरुले नगरपालिकाका मेयर उपमेयरको तालाबन्दी तथा सवारी प्रयोगमा रोक लगाएका थिए।

उक्त घटनाले रास्ट्रीय रुपमा तरंग सिर्जना गरेपछी देशैभरका स्थानीय तहले अक्सिजन सहितको आइसोलेसन निर्माण गर्ने क्रम समेत तिब्र भएको छ।

आफ्नै पालिकाको छिमेकमा यस्तो दुखद घटना घटेपछी युवाहरु भने स्थानीय तहको मुख मात्रै ताकेर बसेनन उनिहरुले छलफल गरेर खेम काफ्ले स्मृति प्रतिस्ठान गठन गरे र उक्त दुखद घटनालाई बिर्सेर अबका दिनमा अन्य यस्ता घटना हुन नदिने अठोट गरे।

त्यसैको परिणाम स्वरुप अक्सिजन बैक स्थापना गर्ने निर्णयमा युवाहरु पुगे। हिजोबाट सुरु गरिएको अभियानमा हालसम्म ११ वटा अक्सिजन सिलिन्डर जम्मा गरिएको र विभिन्न दाताहरुले नगद सहयोग गर्ने क्रम सुरु भएको प्रतिष्ठानका कोषाध्यक्ष चिरन पाण्डेले जानकारी दिए। प्रतिस्ठानले जम्मा गरेको सिलिन्डर नगरपालिकाको स्वास्थ शाखामा हस्तान्तरण गरिने र छिटै प्रतिस्ठानले आफ्नै आइसोलेसन सहित अक्सिजन बैक स्थापना समेत गर्ने योजना रहेको संयोजक बसन्त पोखरेलले बताए।

कोरोना संक्रमितलाई ट्र्याक्टरमा लैजादा गर्दा मृत्यु भएको मृतक खेम काफ्लेको नाममा स्थापना गरिएको प्रतिस्ठानमा संयोजक वसन्त पोखरेल,सह-संयोजक सुरज भुसाल ,सचिब माधव पौडेल,कोषाध्यक्षमा चिरन पाण्डे तथा सदस्यमा अजय पंगेनी रहेको प्रतिस्ठानले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१०%

प्रतिक्रिया दिनुहोस