२०८३ अषाढ २५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा थप १ कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख २४, शुक्रबार प्रकाशित ( साल अघि) १८६७ पाठक संख्या

कावासोती । नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत कावासोती नगरपालिका वडा नम्बर ८ की ५२ वर्षीया महिलाको मृत्यु भएको हो।

उनको शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

उनी वैशाख १७ गते मध्यविन्दु जिल्ला अस्पतालमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भए पछि उनलाई थप उपचारको लागि वैशाख २२ गते भरतपुर पठाईएको थियो ।

यो सँगै कोरोना संक्रमण ( आज ) शुक्रबार मात्रै जिल्लामा ३ जनाको ज्यान गएको छ । जिल्लामा पछिल्लो पटक १० जनाको कोरोना कै कारण निधन भएको छ ।

नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये ६९ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%४%

प्रतिक्रिया दिनुहोस