२०८२ बैशाख २०, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतिमा ६ लाख बराबरको धनमाल चोरी

२०७८ बैशाख २४, शुक्रबार प्रकाशित ( साल अघि) २१५६ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा गएराती चोरी भएको छ । कावासोति नगरपालिका वार्ड नं: ३ अवस्थित रहेको नारायण प्रसाद अर्यालको घरमा बिहीबार राती चोरी भएको हो।

घरमा कोहि नभएको मोका पारी चोरले नगद ६२ हजार रुपैया सहित सुनको सिक्री र औठि गरि ३ तोला सुन, कासको थालि ६ वटा, १२ ओटा कासको कचौरा, टिभि सहित ६ लाख बराबरको सामान चोरी भएको अर्यालको भनाई थियो ।

माथि तला थप्दै गरेको घरका घर धनि सहित परिवार गए राति चितवन गएको मौका पारी चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। घरको पछाडिको ढोका फोरेर चोरी गरिएको थियो ।

घटनाको अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । घर धनि आज बिहान आई अगाडिको ढोका खोलि भित्र पसेपछि चोरी भएको थाहा पाएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%९%

प्रतिक्रिया दिनुहोस