२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

सांसद कण्डेलद्वारा सुनवलको कोभिड विशेष अस्पतालको अनुगमन

२०७८ बैशाख २४, शुक्रबार प्रकाशित ( साल अघि) १४४३ पाठक संख्या

परासी । पश्चिम् नवलपरासीको सुनवलमा संचालनमा आउन लागेको सुविधा सम्पन्न कोभिड-१९ विशेष अस्पतालको आज प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेलले अनुगमन गर्नु भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सङ्गै देशभर तिब्र रुपमा प्रभावित भैरहेको अवस्थामा सुनवल नगरपालिकाले कोरोना संक्रमणको अवस्थामा अक्सिजन,भेन्टिलेटर सहित जिल्लामै प्रथमपटक सन्चालनमा ल्याउन लागेको २० शैयाको कोविड-१९ बिशेष आइसोलेसन अस्पताल सुनवल-१ सोमनाथमा संचालनमा ल्याउन लागेको हो ।

कोभिड-१९ विशेष अस्पताल नगर प्रमुख भिम बहादुर थापा”भरत”को निमन्त्रणामा सुबिधा सम्पन्न आइसोलेसन अस्पतालको माननीय कण्डेलबाट स्थलगत अनुगमन गर्नु भएको हो। साथै सोही क्रममा कण्डेलले नगरपालिकाको निर्माधिन प्रशासकीय भवनको समेत अवलोकन गर्नु भएको थियो ।

कण्डेलले विशेष सुबिधा सहितको आइसोलेसन अस्पताल निर्माण गर्न अहोरात्र लागि पर्ने नगरप्रमुख,नगरपालिका परिवार प्रती जिल्लाकै उदाहरणीय कार्य प्रती धन्यवाद तथा आभार ब्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस