२०८३ बैशाख १७, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कोरोना संक्रमित थपिने क्रम रोकिएन, आज मात्र १०७ संक्रमित थपिए

२०७८ बैशाख २३, बिहिबार प्रकाशित ( साल अघि) १६७० पाठक संख्या

कावासोती । नवलपुरमा बिहीबार थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सगै पछिल्लो २४ घण्टामा नवलपुरमाक कोरोनाका सक्रिय संक्रमितको संख्या ५९१ पुगेको छ।

जिल्लाको कावासोती नगरपालिकामा २५ जना , मध्यबिन्दुमा १६ जना , गैडाकोटमा ४६ जना, देवचुलीमा ८ जना, विनयी त्रिवेणीमा ८ जना र हुप्सेकोटमा २ जनामा थप नयाँ संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो।

नवलपुरमा पछिल्लो ७ जनाको निधन भएको छ भने नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये ६० जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%१%८%

प्रतिक्रिया दिनुहोस