२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

२०७८ बैशाख २३, बिहिबार प्रकाशित ( साल अघि) १४५६ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती नगरपालिका – ८ का ६३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण हिजो राती मृत्यु भएको छ।

मध्यविन्दु जिल्ला अस्पतालमा गत वैशाख २० गते पुग्नु भएका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै होम आईसोलेसनमा रहेको उनको वैशाख २२ गते राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

उनको शव व्यवस्थापनका लागि नेपाली सेना सँग समन्वय भइरहेको छ ।

कोरोनाको नयाँ लहर आएपछि नवलपुरमा मृत्यु हुनेको संख्या ६ रहेको छ । त्यस्तै जिल्लामा हालसम्म ३७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हिजो बुधबार मात्र नवलपुरमा थप १ सय ३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%५%

प्रतिक्रिया दिनुहोस