२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एकैदिन थपिए १३७ संक्रमित, पाँचको मृत्यु

२०७८ बैशाख २३, बिहिबार प्रकाशित ( साल अघि) १७७५ पाठक संख्या

नवलपुर । पछिल्लो २४ घण्टामा नवलपुरमा थप १ सय ३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय ४८ पुगेको हो ।

नवलपुरका कोरोना संक्रमितले विभिन्न हस्पिटल मध्यबिन्दु , सिएमसी चितवन , नारायणी हस्पिटल , दुम्किबास हस्पिटल र गैंडाकोट हस्पिटल लगाएतमा कुल २ सय ३२ जनाको स्वाव परीक्षण गर्दा थप १ सय ३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले नवलपुर न्युजलाई बताउनुभयो ।

नवलपुरमा पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु मध्ये कावासोती नगरपालिका भित्रका मात्रै ४९ जना रहेका छन ।

त्यस्तै जिल्लामा पछिल्लो पटक गैडाकोटमा ३२ जना, देवचुलीमा २३ जना, विनयी त्रिवेणीमा ८ जना , बुलिङ्टार १ जना र मध्यबिन्दु नगरपालिकामा १८ जना थपिएको जिल्ला स्वस्थ्य कार्यालयले जनाएको छ ।

दोस्रो लहर शुरु भए सँग नवलपुरमा मृत्यु हुनेको संख्या ५ रहेको छ। त्यस्तै जिल्लामा हालसम्म ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस