२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा थप ४ कोरोना संक्रमितको मृत्यु, बुधबार थपिए ५२ संक्रमित

२०७८ बैशाख २२, बुधबार प्रकाशित ( साल अघि) ८४६ पाठक संख्या

विकास चापागाई

बैशाख २२ । पश्चिम नवलपरासीमा बुधबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको पाल्हिनन्दन र सरावल गाउँपालिका तथा बर्दघाट र सुनवल नगरपलिकामा एक–एक गरि चार जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन देवीलाल पौडेलले रेडियो परासीलाई जानकारी दिनुभयो ।

पाल्हिनन्दन गाउँपालिका ४ की ७० वर्षकी महिलाको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । सरावल गाउँपालिका वडा नम्बर ७ का ६० वर्षका पुरुषको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा मृत्यु भएको कोरोना फोकल पर्सन पौडेलले बताउनुभयो । यस्तै बर्दघाट नगरपालिका १० की २२ वर्षीय महिला र सुनवल नगरपालिका १ का ६४ वर्षकी महिलाको युसिएमसी भैरहवामा मृत्यु भएको पौडेलले बताउनुभयो । बुधबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

यसैविच पश्चिम नवलपरासीमा बुधबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य महिला २४ र पुरष २८ छन् । पिसिआर परिक्षणबाट ४० र एन्टिजिन परिक्षणबाट १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार बर्दघाट नगरपालिकामा २० जना, सुनवल नगरपालिकामा १६ जना, रामग्राम नगरपालिकामा ५ जना, प्रतापपुर र सुस्ता गाउँपालिकामा ६–६ जना, सरावल गाउँपालिकामा २ र पाल्हीनन्दन गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको छ ।

बुधबार ५२ जनामा कोरोना संक्रमण थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या दुई हजार ८९ पुगेको छ । अब जिल्ला भित्र ५ सय ८९ जना सक्रिय सक्रमित आइसोलेसनमा रहेका छन् । जिल्लाबाट पठाएको मध्य अझै एक सय ८१ जनाको पिसिआर परिक्षणको रिपार्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस