२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवनमा पछिल्लो २४ घण्टामा १० संक्रमितको मृत्यु

२०७८ बैशाख २२, बुधबार प्रकाशित ( साल अघि) १८४९ पाठक संख्या

चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएर चितवनका विभिन्न अस्पतालमा उपचार गराइ रहेकामध्ये बुधबार १० जनाको निधन भएको छ ।

मृत्यु हुनेमध्ये चारजना चितवनका र बाँकी ६ जना अन्य जिल्लाको रहेको चितवन स्वास्थ्य कार्यालयले जानकारी गराएको छ । चितवन मेडिकल कलेजमा पाँचजना, भरतपुर अस्पताल चार तथा पुरानो मेडिकल कलेजमा एकजना संक्रमितको निधन भएको हो ।

भरतपुर अस्पतालमा प्रवक्ता डा.युवानिधी बसौलाले मृतक चारजनामध्ये दुईजना चितवनका, एकजना मकवानपुर हेटौंडाका र एकजना रुपन्देही बुटबलका रहेको बताए । चितवन स्वास्थ्य कार्यालयका अनुसार चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेकामध्ये मृत्यु भएका पाँचजनामा एकजना चितवन, तीनजना रुपन्देही र एकजना नवलपरासी जिल्लाका छन् । पुरानो मेडिकल कलेजमा चितवनका एकजना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसहित चितवनमा हालसम्म कोरोना संक्रमण पुष्टी भएका १२५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयले चितवन जिल्ला ठेगना भएर चितवनमै निधन भएकाहरुलाई मात्रै यो तथ्याङकमा समेट्ने गरेको छ । भरतपुरका अस्पतालहरुमा उपचार गराउन आउँदा निधन भएका जिल्ला बाहिरका संक्रमितहरुको संख्या यसमा समावेश हुने गरेको छैन ।

स्वास्थ्य कार्यालयका अनुसार बुधबारसम्म चितवनका मात्रै निको हुन बाँकी सक्रिय संक्रमितहरुको संख्या एक हजार ६३९ रहेको छ । यीमध्ये अस्पताल भर्ना भएका संक्रमितहरु जम्मा ८९ जना छन् । बुधबार चितवनका तीनवटा ठूला अस्पतालहरुमा उपचारका लागि भर्ना भएका कूल संक्रमितहरु २२१ जना रहेको स्वास्थय कार्यालयले जानकारी गराएको छ ।

चितवनका अस्पतालमा जिल्लाका भन्दा पनि चितवन बाहिरका संक्रमितहरु धेरै छन् । संक्रमण बढ्दै गएपछि चितवनमा वैशाख १६ गते मध्यरातदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लागेको छ ।#कान्तिपुर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस