२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कोरोना थपिने क्रम रोकिएन, आज मात्र ७९ संक्रमण पुष्टि

२०७८ बैशाख २१, मंगलबार प्रकाशित ( साल अघि) १३२५ पाठक संख्या

कावासोती । नवलपुरमा मंगलवार थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संख्या कोरोनाको दोस्रो लहर सुरु भए यता कै उच्च रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

यो सगै नवलपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ। जिल्लामा पछिल्लो पटक कावासोतीमा १०८ जना , मध्यबिन्दुमा ३४ जना , गैडाकोटमा १४६ जना, देवचुलीमा ३४ जना, विनयी त्रिवेणीमा ५० जना, हुप्सेकोटमा २२ जना, बुलिङ्टार १ जना , बौदीकालीका २ जना नयाँ संक्रमित भेटिएका हुन्।

नवलपुरमा पछिल्लो ४ जनाको निधन भएको छ भने नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये ३७ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

पछिल्लो २४ घण्टामा मुलुकभर ७ हजार ६६० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ।

यसै गरी २४ घण्टामा थप ५५ संक्रमितको मृत्यु भएको छ भने हाल सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१५%

प्रतिक्रिया दिनुहोस